ब्लग तालिका/ Link

सोच्दै नसोच्नु पर्ने
सोचेर मैले के गरे
जन्मदै नजन्मनु पर्ने
जन्मेर मैले के गरे

Tuesday, December 16, 2008

“बाबु”

-सिताराम घिमिरे
जेठो छोरो पम्प्लेटिङमा जेल गएछ
माईलो छोरो एस एल सि मा फेल भएछ
चुल्हो बाल्नै पर्यो, बुढा बुढि पाल्नै पर्यो
बिचरि छोरीको बटौलि ड्राईभर संग मेल भएछ

पढेपछि बन्नै पर्यो
पेशा पाएपछि स्वाक तान्नै पर्यो
आवत जावत गर्नेहरुको चालचलन हेर्नै पर्यौ
छिमेकिले गरको प्रगति पनि हेर्नै पर्यो
केहि पनि गर्न नसक्नेले
एक गिलास रक्सिमा सबै दृष्य राखेर पिउनै पर्यो

अर्को भाई लोक सेवामा फेल भएछ
छोरो मास्टरबाट खोसुवा भएछ
कान्छो छोरो प्रेम गर्दा गर्दै पागल भएछ
बाबु पनि चुनावमा उठेको हार भएछ
आमा चाहि के गरुन, परिवारको हाल देखेर त्यसैबेला हटफेल भएछ।।।

“जिवनका लक्षणहरु”

-सिताराम घिमिरे
जान्छौ जाऊ, फर्केर नआऊ
लैजान्छौ लैजाऊ, फर्काएर नल्याउ
सम्झनाका संकेतहरु
प्रतिभाका पोकाहरु
बेदनाका चित्कारहरु
अचेतनका कोकाहरु

हेेर्दैनौ नहेर, गुटुमुटु पारेर छोड
खोल्दैनौ नखोल, हात बानेर छोड
मायाका अनेक जालहरु
मिठा मिठा सबै बचनहरु
मन भित्रका सबै उत्खननहरु
शरिर रुपी सौज्दर्यहरु

लेख्दैनौ नलेख, मसि सबै पोखिदेऊ
पठदैनौ नपढ, हाम्रा सबै पत्रहरु
तोडिदेऊ बन्दनहरु
छोडिदेउ क्रन्दनहरु
रोकिदेउ रोदनहरु
फेरि देउ धडकनहरु

“जिन्दगी”

कस्तो अनौठो रहेछ जिन्दगी
मनमा पिर भएपनि हास्नै पर्ने
जिवनदेखि थाकेर पनि बाच्नै पर्ने
खोलाको दुई किनार भएपछि
मिलनको आसमा कुर्नै पर्ने
कस्तो अनोठौ रहेछ जिन्दगी
फुल जत्तिकै कोमल नभएपनि
काडाँ त अवश्य छैन जस्तो लाग्छ
आफन्तै बनाउन नपाएपनि
बिर्सने त छैन जस्तो लाग्छ
यदि मलाई सोध्ने हो भने
यसै भन्न लाज लाग्छ

भुलेर पनि मलाई नसोध
बिर्सेर पनि म संग तिमि नबोल
कहानि हो मेरो जिवनको
उपहास हो मेरो उपवनको

“बिग्रेको मानिस”

स्वार्थि समाजबाट अलग भएको मानिस।
निस्वार्थको पोको बोकेर जिल्ला भ्रमण गर्ने मानिस।।
चन्द्रमा सम्म पुग्न सक्षम मानिस आज।।
रिनको पोको र परिबारको डोको बोकेर।
तराई र पहाड हिडिरहने मानिस।।

मानिस मानिस नै हो पशु त होईन।
सग्लो भएर बाच्न नसके मर्नु पर्ने त होईन।।
मर्नुपनि कसरि डोको बिसाउनै पर्यो।
त्यो पहिरेर हिडेको पोको झन छाडनै पर्यौ।।

मायाको पोको र परिवारको डोको त बिसाईएला।
तर रिनको पोको त कहाँनिर कसरि बिसाईएला।।
देश छाडेर जाने दाजुभाई हो तिमिहरु के बिसाएका छौ।
आमाको स्नेह र परिवारको माया त झनै बिसाएनौ।।
अझ देशको गौरव र बिरको पौरख त बिसाउदै बिसाएनौ।

म त बिग्रैको मानिस जे पनि बिसाउछु।
तिमिले जति राम्रोसंग सम्झाएपनि रिसाउछु।।
तिमि आफु सक्षम छौ र मलाई सम्झाउछौ।
यदि तिमि म जस्तो भैदिएको भए कसरि सम्झाउथ्यौ ह? .....

“मुहार”

-सिताराम घिमिरे
त्यो तिम्रो मुहार हेर्दा झस्कन्छु घरिघरी।
नबिर्सन खोज्छु म आफु त्यो मुहार सधैभरी।।
खोेज्दिहौ तिमिले म आफुलाई कसे गरेतापनि।
सक्दिन म बस्न तिमिसंग कहिल्लै कोसिस गरेतापनि।।

सक्दिन तिमिलाई भन्न अहिले म यस्तै रहेछ भनि।
सक्दिन म अब कहिल्लै भन्न तिमिलाई तिमि भनि।।
टाढै बस म बाट तिमी अहिले मनले खोजेतापनि।
सामाजिक परिवेश अद बदलिदा मिलौला फेरि पनि।।

जाऊ आफ्ना तालमाल बोकि तिम्रो आवश्यकता छ जहाँ।
नभुले कहिल्लै यो दोषि अनुहार भेटने छु महिले वहाँ।।
आउलि कहिबाट बादलहरु छेकेर म हुम भनि।
बर्सौला आखाँबाट तिमिसंग अख48ड बृष्टि आँसु बनेरै पनि।।

कसरि भन्न सक्छु तिमिलाई निष्ठुरी हौ भनि।
सक्दिन सम्झन सधै तिमिलाई मेरि हुनैछौ भनि।।
हेरौला टाढैबाट, तिमिले चिन्ने गरेर अब।
बिर्सन सक्दिन अनुहार कहिल्लै बोल्ने गरेथे जब।।

बोलचाल जब पहिलो हुन गयो मनमा भिजेरै रहयो।
नसुक्ने भो अब ममा कहिल्लै भिजेको भिजै भयो।।
चिसो रुचाउने सदाको जिवन यस्तै भएरै रहोस।
तिम्रो अन्तिम ईच्छा तर्फबाट मेरो फुलोस सधै बढोस।।

मिथ्या नै हो संसार सदा सर्वदा मिथ्या नै हुँ म पनि।
जानि जानि सब यो हामिमा लुक्दैछ सबथोक अनि।।
फुटेको सिसा गासिन्न कहिल्लै हामि कोसिस गरेतापनि।
केहि दिनको संसार सब यो लम्बिदैन कहिलेपनि।।

जानि जानि हामिबाट कहिल्लै गल्ति नहोस कतै।
बर्षनु पर्छ बर्षा त यहाँ सब ठाऊँ बाढि नआओस कतै।।
बिर्सनुपर्छ अतितहरु सबै, सक्दिन सकेतापनि।
सम्झनुपर्छ बर्तमान आजको भुल्नै नसक्ने गरि।।

आयौ कहाँबाट कहिले कहाँ थियौ तिमि त।
आश्चर्य भो सहन शब्द बिर्सै सुनिरहेको मत।।
बोल्दिन अब देखि म कहिल्लै ईशारा बुझेझै गर।
बुझ्नै नसक्ने अबला तिमि भए हेनै कोसिसै नगर।।